सन्दीप लामीछानेले भने कानुनले नभई अनुमान र एकतर्फी भनाइले दोषी भए 

मंगलबार, वैशाख २५, २०८१

काठमाडौँ - बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका सन्दीप लामिछानेले आफू कानुनले नभई अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् । 

सामाजिक सञ्जालमार्फत सन्दीपले जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको उल्लेख गरेका छन् । उनको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ ।


’मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि छ, तर पनि धेरै चुप लागेर बसेँ। कानूनी व्यवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ’, उनले लेखेका छन् ।

यो घटना घटेको नभई घटाइएको भएको सन्दीपले उल्लेख गरेका छन् । ’‘म यो घटनाको निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो’, उनले लेखेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्