त्रिविलाई तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन

मंगलबार, वैशाख २५, २०८१

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन् । 

त्रिविद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिएकी हुन् । 

त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिने लगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उनले निर्देशन दिइन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्