भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न संकोच माने - प्रचण्ड

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न पनि संकोच मानेको बताएका छन् । भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको भन्दै प्रचण्डले यसलाई संसारभरबाट विशेष महत्वले हेरिएको बताए । उनले भने - 'तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो । यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने गरिन्छ । विकासले तिब्रता पाएको छ ।' यस क्षेत्रमा भएको विकासलाई भन्न सक्नुपर्नेमा उनीहरूले चुनावी एजेण्डा बनाउन खोजेको उनको आरोप छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार