साहित्यकार नरबहादुर दाहाललाई भवानी मिश्र साहित्य पुरस्कार २०७८ प्रदान गरिने

बुधबार, मंसिर ७, २०७९
खरसाङ– साहित्यकार नरबहादुर दाहाललाई साहित्य कला संगम‚ दमक‚ झापा नेपालबाट प्रदान गरिने भवानी मिश्र साहित्य पुरस्कार २०७८ प्रदान गरिने भएको छ। साहित्य कला संगम दमक‚ झापाका सचिव प्रतिष्ठित साहित्यकार दीपक सुवेदीले फेसबुकमा जारी गरेको सूचना अनुसार साहित्य कला संगम‚ दमक‚ झापाबाट प्रदान गरिने भवानी मिश्र साहित्य पुरस्कार २०७८ सुकुना‚ दार्जीलिङ निवासी नरबहादुर दाहाललाई आगामी बैशाख बैशाख १७ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा प्रदान गरिने भएको छ। सचिव सुवेदीले अग्रज स्रष्टा एवम् द्रष्टा नरबहादुर दाहालप्रति हार्दिक बधाई टक्राएका छन्। हिजो सालबारीमा नरबहादुर दाहालकै अध्यक्षतामा विश्व कविता दिवसको अवसरमा सम्पन्न भइरहेको कार्यक्रमको अवधिमा शब्द समयका वरिष्ठ संस्थापक सदस्य ज्ञानेन्द्र खतिवडाले यो खबर सुनाएभएपछि उपस्थित सबैजना खुशी बने अनि दाहाल सबैको तर्फबाट विशिष्ठ कवि भविलाल लामिछानेको बाहुलीबाट खदा लगाइदिएर अग्रिम बधाई टक्राए। साहित्यकार दाहाललाई बधाई टक्राउनेहरूमा कवि ज्ञानेन्द्र खतिवडा‚ युग्मककार कालूसिंह रनपहेंली‚ कवि खडकराज गिरी‚ कथाकार(अनुवादक जीतबहादुर सुनार‚ कवि लीलबहादुर सुनार‚ कवि हेमन्त काफ्ले‚ गजलगो शैलेन्द्र समदर्शी‚ समाजसेवी पूर्ण मंगर‚ अनन्त गोम्देन आदि थिए। साहित्यका धरोहर आदरणीय साहित्यकार दाहालले बधाई टक्राउनेहरूसितै पुरस्कार प्रदान गर्ने साहित्य कला संगम‚ दमक‚ झापालाई धन्यवाद दिए।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्