नेभिगेशन
जीवनयापन

कास्की जिल्ला अदालतको दुई इजलासमा तोडफोड, घटना शंकास्पद

पोखरा — कास्की जिल्ला अदालतमा मंगलबार राति तोडफोड भएको छ । अदालतको दुई इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई बस्ने एक नम्बर इजलास र देवप्रकाश योगीले मुद्दा हेर्ने ६ नम्बर इजलासमा तोडफोड भएको हो ।

एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको छ । दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका गरिएको छ । अहिले प्रहरीले घटनास्थलमा मुचुल्का उठाइरहेको छ ।

आज बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि तोडफोडको घटना थाहा भएको थियो । अदालतको मुख्य प्रवेशद्वारमा प्रहरीको २४ सै घण्टा निगरानी रहन्छ ।

प्रहरीको कडा सुरक्षा घेरा रहेको अदालतमा पसेर दराज फुटाइनुलाई शंकास्पद घटनाको रुपमा लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै