नेभिगेशन
अर्थतन्त्र विविध

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ४८ पैसा र बिक्री दर १६० रुपैयाँ २७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ०३ पैसा र बिक्री दर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रीदर ३२२ रुपैयाँ ४९ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध