नेभिगेशन
अर्थतन्त्र विविध

नेप्से परिसूचक १४.६७ अंकले घट्यो

काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेको छ । नेप्से आज घटेसँगै २ हजार ६ सय १६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ । नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध