नेभिगेशन
अर्थतन्त्र विविध

प्रतितोला ६ सयले घट्यो सुन

काठमाडौँ- साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ। आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो। त्यस्तै‚ आइतबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा करोबार भएको थियो।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध