कम्युनिष्ट पार्टीहरुले भ्रमको राजनीति गरिरहे, गठबन्धन गरेर निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा म  छैन - गगन थापा

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसभित्र गठबन्धन गर्नुपर्छ र एक्लै प्रतिष्पर्धामा जानुपर्छ भन्ने दुईथरीका मान्यता रहेको बताएका छन् । 

बाँकेको कोहलपुरमा सोमबार आयोजना गरेको आमसभामा बोल्दै थापाले सो कुरा गरेका हुन् । उनले आफू भने गठबन्धन गरेर निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले भने - 'ब्यक्तिगतरुपमा म पनि गठबन्धन गरेर निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा छैन'

पार्टीभित्र दुईथरीका मान्यता रहे पनि पार्टीले गठबन्धनभन्दा पनि एक्लै विजय प्राप्त गर्छ भन्ने बिश्वास कार्यकर्तामा भएको उनको भनाई छ । 

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा भएको बताउदै थापाले यसको विरोधमा देखिनु केवल जनतामा भ्रम छर्ने काम मात्रै भएको बताए । नेपालमा कम्युनिष्ट पार्टीहरुले भ्रमको राजनीति मात्रै गरिरहेको भन्दै उनले नेपालीहरु भ्रमबाट मुक्त हुन आवश्यक रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०७
प्रतिक्रिया दिनुहोस्