झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

आइतबार, वैशाख २३, २०८१

 काठमाडाैं -नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर नरहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको थप तथ्यांकले १०.७७ प्रतिशत नेपाली भाडामा बस्ने देखिएको हो ।

कार्यालयको तथ्यांकअनुसार ८६ प्रतिशत नेपालीको भने आफ्नै घर छ ।

त्यस्तै, ३२ प्रतिशत नेपालीको खेतीयोग्य गर्ने जमिन र आफ्नै पशुपंक्षी पनि छैनन् । ४९ प्रतिशत नेपालीको भने आफ्नै खेती गर्ने जमिन र पशुपंक्षी पनि भएको कार्यालयले सार्वजनिक गरेको गरेको तथ्यांकले देखाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्