सिधाकुरा प्रकाशकले पोलेका स्रोत तिमल्सिनालाई प्रहरीको जिम्मामा राख्न सर्वोच्चको आदेश

आइतबार, वैशाख २३, २०८१

काठमाडौं - सर्वोच्च अदालतले सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतले बयान नसकिएको भन्दै उनलाई सोमबार बिहान उपस्थित गराउनू भनी प्रहरीको जिम्मा लाएको हो ।

सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाको भने बयान सकिएको भन्दै तारिखमा राख्न आदेश दिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्