महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सरकार प्रतिबद्ध - प्रधानमन्त्री देउवा

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् । मंगलबार नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा गरेका हुन् । 

महिला सशक्तीकरण साझा दायित्व रहेको बताउदै देउवाले यसका लागि राज्यका तीन तहकै सरकार क्रियाशील रहेको बताए । 

महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने भन्दै उनले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्