नेभिगेशन
अर्थतन्त्र विविध

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट

काठमाडौं - नेष्डो समृद्ध लघुवित्तको आइपिओ मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।

नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि  ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध