नेभिगेशन
अर्थतन्त्र विविध

एकैदिन १६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलाको १२ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १६ सय रुपैयाले घटेढेको हो ।  
 
मंगलबार तोलाको ९६ हजार ७ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९५ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
 
आज चाँदीको मूल्य तोलाको ३५ रुपैंयाले घटेको छ। आज चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध