नेभिगेशन
जीवनयापन

पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने

काठमाडौँ - पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने भएको छ । कोरोनाको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खोलिने पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै जानकारी गराएको छ । 

जारी सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको माघ २३ गतेको आदेशनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको जनाइएको छ । 

कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने भएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्