साधारण सदस्य नरहने गरी ऋषि कट्टेल पार्टीबाट निष्कासित 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्ष ऋषि कट्टेललाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको भन्दै पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । 

कट्टेललाई दलको अहित हुने काम गरेको आरोप लागेपछि स्पष्टीकरण सोधिएको थियो । तर स्पष्टीकरणको जवाफ उनले नदिएपछि पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको जनाइएको छ । 

अब पार्टीको काम सम्हाल्नको लागि कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकनारायण सुवेदीलाई दिइएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्