भारतमा घट्दै कोरोना संक्रमण, एकैदिन २ लाख ४८ हजार संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्न थालेको  छ । पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार ६ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।  यसअघि एकैदिन २ लाख ८४ हजार ४ सय ६९ जनामा संक्रमण भएको थियो । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड ६ लाख २० हजार १ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय २७ जना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९२ हजार ३ सय ५६ जना पुगेको छ ।  
 
यस्तै भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ७६ लाख ७७ हजार ३ सय २८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ लाख ५० हजार ५ सय १३ रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्