भोलि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने, यस्ता छन् एजेण्डा

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बिहिबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएका हुन् । 

उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा शुक्रबार दिउँसो ३ बजे बस्ने बताएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिताका लागि अनुरोध गरिएको छ । 

बैठकको मूख्य एजेण्डा केन्द्रीय कार्यसम्पादन समिति गठन रहेको पौडेलले बताएका छन् । उनले भर्चुअल बैठकको लिङ्क एसएमएस मार्फत प्राप्त हुने पनि बताएका छन् । 

cc.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार