महासचिव पदका दाबेदारबीचको भेटवार्ता, प्रचण्डले कसलाई रोज्लान् ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रले अब छिट्टै पदाधिकारी चयन गर्ने तयारी गरेको छ । पदाधिकारी चयनको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गते पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्।

गएको पार्टिको महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य चयन गरिसकेको माओवादीले पदाधिकारी चयनको लागि नेता बर्षमान पुनलाई कुरेको थियो । महासचिवका दाबेदार समेत रहेका पुन स्वदेश फर्किएपछि माओवादीले पदाधिकारी चयन प्रक्रियाबारे छलफल गर्न बैठक बोलाएको छ । 

यसैबीच बुधबार साझँ महासचिव पदका दाबेदार पुनलाई भेट गर्न देव गुरुङ र जनार्दन शर्मा पुगेका छन् । रुङ र शर्मा पनि महासचिव पदका दाबेदार हुन् । बुधबार साझँ नेता पुनलाई गुरुङ र  शर्माले खुमलटारमा छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । पुनको स्वास्थ्य स्थिति बुझ्न पहिले नेता गुरुङ पुगेका थिए । 

barsaman janardan.jpg

केहीबेर छलफलपछि नेता गुरुङ बाहिरिए । त्यसपछि पुनलाई भेट्न जनार्दन पनि पुगे । उनीहरुबीच पदाधिकारी चयनको बिषयमा छलफल भएको बताइएको छ । यी तीनै नेताले अध्यक्ष प्रचण्डलाई महासचिव बनाउन जोड गरिरहेका छन् । 

आफ्नो स्वास्थ्य उपचारपछि चीन फर्किए लगत्तै नेता पुन प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए । पुन र शर्माले आफूलाई सहमतिमै महासचिव बनाउनुपर्ने बताउदै आएका छन् । यसो नभए प्रतिस्पर्धा गर्ने पक्षमा यी दुई छन् ।

bar.jpg

माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ । माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यहरु भने चयन गरिसकेको छ । महाधिवेशनमा प्रचण्डले २३६ जना केन्द्रीय सदस्यहरुको नाम पढेर सुनाएका थिए र बन्दसत्रबाट पारित पनि गरिएका थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्