प्रधानमन्त्री देउवामाथि प्रदीप ज्ञवालीको कडा आलोचना

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति कडा आलोचना गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता ज्ञवालीले प्रधानमन्त्री देउवाले २०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर 'असक्षम' घोषित भएको बताएका छन् । 

उनले स्थानीय चुनाव नगराएर ‘जनसरकार’​ का लागि बाटो खोलिदिने देउवा २० वर्षपछि त्यही भीरको बाटो हिँडिरहेको बताएका छन् । उनले यो नियति दुखान्त होकी पनि भनेका छन् । 

उनले लेखेका छन् - 'भनिन्छ,इतिहास दुईपल्ट दोहोरिन्छ-पहिले दुखान्त,पछि प्रहसनका रूपमा ।२०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर 'अक्षम' घोषित र स्थानीय चुनाव नगराएर/म्याद पनि नथपेर 'जनसरकार' का लागि बाटो खोलिदिने प्रमं देउवा २० वर्षपछि त्यही भीरको बाटो हिड्दै हुनुहुन्छ। नियति दुखान्त होला कि विद्रूप?

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार