नेभिगेशन
विज्ञान प्रविधि

लुम्बिनी प्रदेश सांसद चढेको गाडीलाई ट्रकले ठक्कर दियो, दुई जना घाइते    

काठमाडौं - अर्घाखाँचीमा लुम्बिनी प्रदेश सांसद चढेको गाडी दुर्घटना भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबांगको बीचमा राष्ट्रिय सभाको चुनावका लागि जाँदै गरेको गाडी र ट्रक ठोक्किएको हो । 

उक्त दुर्घटनामा प्रदेश सांसद तुल्सी चौधरी  सहित २ जना घाइते भएका छन् । उनीहरुको उपचारको लागि भालुबांग अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

दुर्घटना भएको गाडीमा गाउँपालिकाका अध्यक्ष किशुचन्द चौधरीसहितको टोली चढेको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्