बालुवाटार जग्गा प्रकरणमा ओलीले भने - सरकारी सम्पत्ति हिनामिनामा संलग्नलाई उन्मुक्ति दिन खोजियो 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले ललित निवास (बालुवाटार) जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा अवधारण सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले ललिता निवासको १४३ सरकारी जग्गा हिनामिनामा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् । 

ओलीको १५ बुँदे असहमति, सरकारले मुलुकलाई गहिरो संकटतर्फ धकेल्यो (विज्ञप्तिसहित) ओलीको १५ बुँदे असहमति, सरकारले मुलुकलाई गहिरो संकटतर्फ धकेल्यो (विज्ञप्तिसहित)

अवधारणपत्रको १३औँ बुँदामा भनिएको छ– ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई ’थप अनुसन्धान का नाममा सरकारी वकिल कार्यालयमार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नहरूलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको छ ।’ 

तर, राजनीतिक इबी साध्न र शुभलाभका लागि ’ब्ल्याकमेल’ गर्ने, उद्यमी–व्यवसायीहरूलाई तर्साउने, बार्गेनिङ गर्ने र मुख्य मुद्दाहरूलाई ओझेलमा पार्ने कुरा एमालेलाई स्वीकार्य हुन नसक्ने ओलीको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्