'एक वर्षभित्र तीनै तहको निर्वाचन, सहमतिमै संसदको गतिरोध अन्त्य' - प्रधानमन्त्री देउवा (पूर्णपाठसहित)

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो घोषणा गरेका हुन् ।

प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सो कुरा गरेका हुन् । उनले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भन्दै तयारीमा रहन  निर्देशन पनि दिए । 

तर उनले तीनै तहको निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् । निर्वाचनको मिति बारे सत्तारुढ गठबन्धनमा भने सहमती जटिसकेको छैन । 

यस्तै प्रधानमन्त्री देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताए । उनले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताए । 


 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्