गोकुल बाँस्कोटाले मन्त्री झाँक्रीलाई भने - 'कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन, भन्न मिल्छ'

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई एक सच्चा देशभक्त परमादेशी मन्त्री बताएका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले मन्त्री झाँक्रीप्रति लक्षित गर्दै कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन, अभियन्ताले मात्र बोल्न मिल्छ भनेको बताएका छन् । 

उनले भने - ' एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो – कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ।'

उनले यो कुरा गर्दै धन्य हाम्रो सरकार भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले थपे - 'धन्य, हाम्रो अग्रगामी सरकार १ तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बांचेको छ।'


 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार