२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न नेकपा एमालेको निर्देशन

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेले २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ । देशभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै सो निर्देशन दिएको हो । 

जारी सर्कुलमा २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिइएको छ । यस्तै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि  भनिएको छ । 

भनिएको छ - 'नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ । साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।'
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार