प्रधानमन्त्री देउवा नियमित काममा फर्किए, मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको लागि सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । 
 
बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको बारे, कोभिड0१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको १३ बुँदे सिफारिस लगायतका बिषयमा छलफल हुने बताइएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका नेताहरुलाई कोरानाभाइरसको संक्रमण देखिएपछि गएको शनिवारबाट प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेका थिए । अब भने प्रधानमन्त्री देउवा काममा फर्किएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्