राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक आज बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजेका लागि बैठक बोलाएको हो । 

बैठकमा संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बोलाइएको छ । बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

माघ १२ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन थाल्दा निर्वाचनको तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार