रेशमको मुद्दा न्यायाधीशद्वय अब्दुल अजीज र ढुङ्गानाको इजलासमा

सोमबार, वैशाख २४, २०८१

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले दायर गरेको मुद्दामा आज सुनुवाइ रहेको  छ ।

चौधरीले निर्वाचन आयोग र पार्टी अध्यक्ष तथा उनकी श्रीमती रञ्जिता श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सुनुवाइका लागि न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ।


चौधरीले टिकापुरमा सम्पन्न पार्टीको महाधिवेशनले आफूलाई अध्यक्ष बनाएको तर निर्वाचन आयोगले अध्यक्ष नस्विकारेको भन्दै मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्