अब लकडाउनको बाटो अपनाउन हुँदैन - अर्थमन्त्री जनार्दन शर्मा

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले कोरोना फए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय परिसङ्घ नेपालको वार्षिक साधारण सभामा बोल्दै शर्माले सो कुरा गरेका हुन् । लकडाउन गर्दा देशको अर्थतन्त्र सङ्कटग्रस्त हुने  भन्दै उनले अब यो बाटो अपनाउन नहुने बताए । 

उनले फेरि लकडाउनको बाटो अपनाएमा अर्थतन्त्रले थेग्न नसक्ने बताए । उक्त कार्यक्रममा शर्माले दक्षिण कोरियालगायतका देशमा शाखा खोल्न बैंकहरूलाई आग्रह पनि गरेका छन्। 

कोरिया, जापान, इजरायललगायतका देशबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको बताउदै उनले ती देशमा शाखा खोल्न आग्रह गरे।  यस्तै उनले सङ्कटका बेला बैंकले बढी नाफा खोज्न नहुनेपनि बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्