माओवादी अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई 'म हो वाद' मा झारेको देखियो - रावल

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रले हालै आफ्नो आठौं महाधिवेशन सफलताका साथ सम्पन्न गरेको छ ।

माओवादीले नयाँ नेतृत्वको रुपमा पुन पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पाइसकेको छ भने केन्द्रीय सदस्य पनि चयन भइसकेका छन् । यसैबीच नेकपा एमालेका नेता भीम रावलले माओवादीको महाधिवेशन प्रक्रियालाई लिएर टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता रावलले माओवादीको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई 'म हो वाद' मा झारेको देखिएका बताएका छन् । उनले महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद नठहर्ने बताएका छन् । 

उनले लेखेका छन् - 'माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई 'म हो वाद' मा झारेको देखियो।महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन।यस्तो कार्यलाई 'विशिष्ट लोकतान्त्रिक अभ्यास' भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो।'

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्