आज पनि शेखर कोइराला समूहको बैठक 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । बैठक आज दिउँसो २ बजे हनुमान स्थानस्थित होटेल बसेरामा बस्ने बताइएको छ । 

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको समीक्षा गरिने कोइरालाको सचिवालयले जनाएको छ । 

यसअघि मंगलबार पनि कोइरालाले आफ्नो समूहको बैठक राखेका थिए । उक्त बैठकमा सभापति शेरबहादुर देउवाले कुनै सल्लाह नगरी अगाडि बढेको निष्कर्ष निकालिएको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार