माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार - प्रचण्ड

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको बताएका छन् । सोमबार अध्यक्षमा निर्वाचित भएपछि सम्बोधन गर्दै प्रचण्डले सो कुरा गरेका हुन् । 

उनले माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको बताए । उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन सक्रिय राजनीतिमा आएको बताए । 

देश र जनताको आवश्यकता अनुसार आफू पुनस् पार्टी अध्यक्षमा निर्वाचित भएको बताउदै प्रचण्डले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन ररु भन्ने सोचाइ आएको बताए । 

उनले आज आफूले पाएको अभिभाराले पुनस् ठूलो सेवा गर्ने अवसर प्राप्त भएको बताए ।उनले भने - 'यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति हो । म धेरै अघिदेखि नेतृत्वमा छु । धेरै घटनाहरुको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ'

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार