नेभिगेशन
अर्थ विविध

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार सुन तोलामा एक लाख ९६ हजार तीन सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज १५ रुपैयाँले घटेर तोलामा दुई हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्