नेभिगेशन
समाज विविध

साढे २४ लाख घुसमा रंगेहात पक्राउ परेका भक्तपुरका मालपोत प्रमुख आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरद्ध २४ लाख ५० हजार घुस लिएको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ उनीहरूले घुस लिएको आयोगले जनाएको छ।

अनुसन्धानको सिलसिलामा प्रमुख मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी राउतसमेतको मिलेमतो र योजनामा सेवाग्राहीसँग भक्तपुरको साविक चाँगुनारायण गाविस–५ ख मा क्षेत्रफल १४–४–०–० जग्गाको मोही बाँडफाँड÷नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाइदिने भनेर उक्त घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनीहरूविद्धर बिगो २४ लाख ५० नै कायम गरेर विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध