नेभिगेशन
समाज विविध

सुनसरीको दुहवीमा निर्माणाधिन घरको सेफ्टी ट्याङकीमा पेटी ठेकेदार र कामदार मृत भेटिए

इटहरी– सुनसरीको दुहवी नगरपालिका–४ शिव मन्दीर चोकमा निर्माणधिन घरको सेफ्टी ट्याङ्कीमा पेटी ठेकेदार र कामदार मृत फेला परेका छन्। 

प्रहरीका अनुसार बुधबार दुई पुरुषको शव फेला परेको हो। दुहवी नगरपालिकाका वडा नम्बर २ बस्ने ५० वर्षीय पेटी ठेकेदार श्यामबहादुर तामाङ र कामदार ३२ वर्षीय रमेश राई सेप्टिकट्यांकीभित्र मृत भेटिएका हुन्।

बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा टोली घटनास्थल पुगेको थियो। 

घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ। प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

इटहरीदेखि बिराटनगर जाने कोशी राजमार्गको मध्य भागमा दुहवी नगर पर्छ। उक्त नगर पूर्वउपप्रधानमन्त्री विजय गच्छादार र हालकी एमाले नेत्री भगवती चौधरीको क्षेत्र पर्दछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध