नेभिगेशन
समाज विविध

गमगढी-बालै-पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

मुगु- बाढीपहिरोका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् । खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ ।

स्थानीयवासी दानबहादुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन ।

यसैबीच, गमगढी नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्या वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताए। उनले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेका जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध