नेभिगेशन
राजनीति

संयुक्त विज्ञप्ति जारी गर्दै १० दलले भने-‘दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने निर्वाचन आयोगको प्रवृत्ति अस्वीकार्य’

काठमाडौँ- १० राजनीतिक दलले निर्वाचन आयोगको ‘राजनीतिक दल स्वमूल्याङ्‍कन कार्यविधिप्रति चासो राख्दै कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको बताएका छन् ।

संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने गरेको १० दलको ठहर छ । दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति साथ कार्यविधि आएकाले अस्वीकार गर्ने विज्ञप्ति मार्फत ती दलले जनाएका छन् ।

‘राजनीतिक दलको मूल्याङ्‍कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने’ व्यवस्थामा प्रस्तावित विषयले राजनीतिक दलको स्वतन्त्रता कुण्ठित गर्दै दलहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेसम्मको खतरा उत्पन्न हुने दश दलको निचोड छ ।

कार्यविधिप्रति असन्तुष्टि राख्दै संयुक्त विज्ञप्ति निकाल्ने दलहरूमा प्रतिपक्ष र सरकारलाई समर्थन गरेका साना दल समेत छन्

527382845_1285621699721380_1115165804252329011_n-1754572481.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति