नेभिगेशन
खेलकुद

बसन्त शाही काठमाडौँ गोर्खाजको प्रशिक्षक नियुक्त

काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौँ गोर्खाजको प्रशिक्षकमा बसन्त शाही नियुक्त भएका छन् ।

पहिलो संस्करण मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका शाहीलाई काठमाडौँले दोस्रो संस्करणका लागि प्रशिक्षक नियुक्त गरेको हो । सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका शाही टोलीका सदस्य हुन् ।

काठमाडौँले मुख्य प्रशिक्षकको रूपमा मोन्टी देसाईलाई नियुक्त गरिसकेको छ । मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रो पटक टी-२० विश्वकप खेलेको थियो ।

करण केसी मार्की प्लेयर रहेको काठमाडौँले दोस्रो संस्करणमा भीम सार्की, शाहब अलाम, दिपेश कँडेल, रशिद खान र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद