नेभिगेशन
राजनीति

नेपाल र चीनको आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ  : ‘प्रचण्ड’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच सदियौँदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित रहेको बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा दुवै देशका जनतालाई आज शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् । 

उनले भन्नुभएको छ, “यस अवसरमा म दुई देशका जनता र सरकारहरूलाई मानव जातिको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा थप गहिरो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति