नेभिगेशन
अर्थ विविध

 सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५ रुपैयाँले घटेर दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार २७० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

घट्दै कोदोखेती, बाँझिँदै बारी

आज राष्ट्रिय कोदो दिवस मनाइँदै