नेभिगेशन
समाज विविध

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिन जति ढिलाइ हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा ढिला गरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले गत २० चैत देखि २९ दिन आन्दोलन गरेका कारण परीक्षा सारिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

१५ दिनमा २० जनामा डेंगु संक्रमण