नेभिगेशन
समाज विविध

हृदयेन्द्र शाहको भिडिओः जुम्लाकी किशोरीले सुनाइन् गीत, कागजको गिलासमा चियामा केक चोपेर खाए

काठमाडौं– सस्तो लोकप्रियताको कसी होइनन्, हृदयेन्द्र शाह। बेबी किङको उपमा समेत पाइसकेका तन्नेरी उमेरका उनी केही समयअघि आमा हिमानी शाहसँग जुम्लामा एउटा शिल्यान्यासका लागि पुगेका थिए। 

सोही क्रममा उनले आफूले पनि खिचेका क्लिप, स्थानीयसँग कुराकानी गरेकालगायतका विषयको भिडिओ सार्वजनिक भएको छ।

जसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितले शेयर गरिरहेका छन् भने सामाजिक सञ्जालका फेसबुक, ट्वीटर, इन्स्टादेखि टीकटकसम्म अहिले ब्यापक बनिरहेका छन्।

उनी जुम्लाकी एक किशोरीको गीत सुन्छन्। स्थानीय होटलमा खाजा खान्छन्। त्यहाँ टाँसिएको एउटा बेभ सिरिजको पोस्टर हेर्दै सोध्छन्,‘तपाई हेर्नुहुन्छ?’

होटलवाला भनछन्,‘हजुर म हेर्छु।’ उनी जवाफ दिन्छन् ‘म पनि हेर्छु।’ यो सोध्दैगर्दा उनले शालिनता र निकै सरलताका साथ कागजको गिलासमा रहेको चियामा स्थानीयले बनाएको केक चोपेर खान्छन्।

अर्का एक जना इन्जिनियरिङका विद्यार्थीसँग कुरा गर्छन्। त्यहाँ ८ सय जना विद्यार्थी पढिरहेको जानकारी पाएपछि कलेजभित्र घुम्छन्।

उनले केही स्थानीयसँग कुराकानी गरेका छन् भने धेरैसँग सेल्फी खिचेका छन्। उनले सोही क्रममा भनेका छन्,‘यहाँ आएको फोटो हाल्न पाएको छैन।’ 

जुम्लामा पहिलो पटक पुगेका उनी भन्छन्,‘यहाँ पहिलो पटक हो, हिमाली जिल्ला केही घुम्न बाँकी छन्।’

उनले रारा घुमिसकेको अनुभव सुनाउँछन्। किशोरीले देश बन्न सक्छ? भन्ने प्रश्नमा हृदयेन्द्र भन्छन्,‘तपाई हामी सबै मिल्यौं भने देश बन्छ।’

अहिले अमेरिकामा उनी ब्याचलर पढ्नका लागि मात्र पुगेको पनि सुनाउँछन्। उनी फर्केर नेपाल आउने निश्चितता पनि बताउँछन्। उनले भिडिओमा नेपालको सबैभन्दा ठूलो नदी कर्णालीको पनि बयान गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

१५ दिनमा २० जनामा डेंगु संक्रमण