नेभिगेशन
विश्व

डिम्पल यादवको उजुरी, मौलानाले आपत्तिजनक भाषा बोलेका थिए?

काठमाडौं– उत्तर प्रदेशको मैनपुरीबाट सपा सांसद तथा पूर्व मुख्यमन्त्री अखिलेश यादवकी पत्नी डिम्पल यादवमाथि आपत्तिजनक टिप्पणी गर्ने मौलाना साजिदविरुद्ध लखनऊको विभूतिखण्ड थानामा मुद्दा दर्ता गरिएको छ।

इन्स्पेक्टर सुनीलकुमार सिंहले सपा कार्यकर्ता तथा चिनहट विकल्पखण्ड गंगोत्री लेक भ्यु अपार्टमेन्ट निवासी प्रवेश यादवको उजुरीको आधारमा महिला अस्मिताको अपमान गर्ने उद्देश्यले गरिएको शब्द, संकेत वा कार्यसँग सम्बन्धित भारतीय दण्ड संहिता (BNS) को धारा ७९ सहित अन्य थुप्रै धाराहरूमा आइतबार एफआईआर दर्ता गरिएको जानकारी दिएका छन्।

शिकायतकर्ताको आरोप छ कि मौलाना साजिदले टेलिभिजन च्यानल, सार्वजनिक मञ्च तथा मिडिया मार्फत डिम्पल यादवप्रति आपत्तिजनक, अशोभनीय, भड्काउ र महिलाविरोधी टिप्पणी गरेका छन्। यसबाट महिलाको सम्मानमा ठेस पुगेको र देशमा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने प्रयास गरिएको छ। इन्स्पेक्टरले घटनाको विषयमा मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको बताएका छन्।

डिम्पल यादवमाथि मौलानाले दिएको उक्त अभिव्यक्तिप्रति अयोध्याबाट सपा सांसद अवधेशप्रसाद आक्रोशित बनेका छन्। समाचार संस्था ANI सँगको कुराकानीमा उनले भने, “डिम्पल यादव देशका महिलाहरूका लागि प्रेरणाको स्रोत हुन्। उनीमाथि मौलानाको टिप्पणी अत्यन्तै नीच र निन्दनीय छ। यस्ता अभिव्यक्ति त केवल कुनै पागल व्यक्तिले मात्र दिन सक्छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व