नेभिगेशन
अर्थ विविध

नेपालमा मासिक औसत करिब ९७ हजार पर्यटक आगमन

काठमाडौँ । नेपालमा मासिक पर्यटक आगमन औसत मासिक ९६ हजार २ सय ८१ जना रहेको पाइएको छ ।

सन् २०२५ को पहिलो ६ महिना (जनवरी-जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यो आगमन २०२४ को यसै अवधिको तुलनामा भने घटेको हो । २०२४ को ६ महिना अवधिमा आगमन ५ लाख ८३ हजार ११ थियो । कोभिड महामारी आउनुअघि अर्थात् २०१९ को ६ महिनामा भने ५ लाख ७३ हजार आगमन भएको देखिएको छ ।

 


नेपालले आगमन दर उत्साहजनक रूपमा बढाउन सकेको छैन । यसले गर्दा कुनै पनि वर्ष लक्ष्य अनुसार पर्यटक आएको देखिँदैन ।

जुन २०२५ मा भने ७६ हजार ४ सय २४ पर्यटक आएका छन् । यो महिना भने अहिलेसम्मकै धेरै पर्यटक आएको देखिन्छ । २०२४ जुनमा ७६ हजार ३ सय ३३ पर्यटक आएका थिए ।

२०२३ मा ७२ हजार २ सय ५० आएका थिए । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतीयको संख्या ३२ हजार ६ सय ६२ छन् । दोस्रो नम्बरमा अमेरिकी छन् । अमेरिकीको संख्या ९ हजार ९ सय ६९ छ । तेस्रो स्थानमा चिनियाँ नागरिक छन् ।

यो महिनामा ६ हजार ७ सय ३६ चिनियाँले नेपाल भ्रमण गरेका छन् । यसबाहेक बंगलादेशी ५ हजार ४ सय ४९, बेलायती २ हजार २ सय ८४, अस्ट्रेलियाबाट १ हजार ८ सय ३१, मलेसियाबाट १ हजार ३ सय ४८, भुटानबाट १ हजार १ सय ६७, जापानबाट १ हजार १९ र फ्रान्सबाट १ हजार २ पर्यटक आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध