नेभिगेशन
समाज विविध

सबिना काफ्ले ‘नेचुरो अर्थ’ को नयाँ ब्रान्ड एम्बेसडरमा नियुक्त 

काठमाडौं । नेपालको जनस्वास्थ्यको क्षेत्रकी पैरवीकर्ता सबिना काफ्ले ‘नेचुरो अर्थ’ को नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएकी छन् । दिगो र जैविक जीवनशैलीको प्रवद्र्धनमा समर्पित नेपाली वेलनेस ब्रान्ड ‘नेचुरो अर्थ’ ले काफ्लेलाई असार १४ गते (जुन २८) नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको जनाएको छ ।

‘नेचुरो अर्र्थ’ ले सन् २०१८ देखि हस्तनिर्मित साबुन, भर्जिन नरिवल तेल, अरंडी तेल, अलसको तेल र प्राकृतिक मधु, शिलाजीत र अन्य रसायनमुक्त स्वास्थ्य, सौन्दर्य र जीवनशैली उत्पादनहरू उत्पादन गर्दै आएको  छ । 

“यो रोमाञ्चक साझेदारीले नेचुरो अर्थको सचेत जीवनशैलीलाई प्रेरित गर्ने र विश्वव्यापी दर्शकहरूसम्म उत्कृष्ट हिमालयी जैविक उत्पादनहरू पुर्‍याउने मिशनमा महत्त्वपूर्ण कदम सावित हुनेछ,” एक विज्ञप्ती जारी गर्दै ‘नेचुरो अर्थ’ ले भनेको छ ।

आफू ‘नेचुरो अर्थ’ को ब्रान्ड एम्बेसडरको रूपमा संलग्न हुन पाउँदा सम्मानित महसुस गरेको सविना काफ्लेले बताइन् । सविना काफ्ले नेपालमा प्रजनन स्वास्थ्य, मातृ हेरचाह र लैंगिक समानताको क्षेत्रमा अथक कार्यका परिचित नाम हो । सबिनाको स्वास्थ्य, दिगोपन र समुदाय सशक्तीकरणप्रतिको प्रतिबद्धता हाम्रो ब्रान्डको दृष्टिकोणसँग गहिरोसँग मेल खाने ‘नेचुरो अर्थ’ का सह–संस्थापक अंकित अग्रवालले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

सर्पले टोकेर एक जनाको मृत्यु