नेभिगेशन
समाज विविध

स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ ।

वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको जनाइएको छ ।

निर्देशक प्रा. डा. शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना भएको र अहिले स्वास्थ्य सुधार भइरहेको बताए ।

मन्त्री पौडेलले थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगत्तै यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

सर्पले टोकेर एक जनाको मृत्यु