नेभिगेशन
अर्थ विविध

सुनको मूल्य तोलामै १७ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एक हजार सात सयले घटेर एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

सोमबार एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार एक सय ७० रुपैयाँमा कायम रहेको थियो ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

परेन पानी, भएन रोपाइँ