नेभिगेशन
समाज विविध

बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ- नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा सस्तोमा भाडामा दिएर ठगी गरेको प्रकरणका फरार आरोपी गणेशभक्त श्रेष्ठ अदालत हाजिर भएका छन् ।

प्रहरीले प्रतिवादी बनाएर २७ वैशाख २०८१ मा मुद्दा दायर गरेका मध्येका श्रेष्ठ सोमबार हाजिर भएका हुन् । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

रेग्मी बालमन्दिरका पूर्वमहासचिव हुन् । चलनचल्तीभन्दा कम दरमा भाडामा दिएर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि अनुसन्धान गरेको सीआईबीले बालमन्दिरकी पूर्वअध्यक्ष रीतासिंह वैद्यसहितका पदाधिकारीहरुविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान गरेको थियो ।

प्रहरीले वृहस्पति विद्या सदनका अधिकारीहरूलाई समेत प्रतिवादी बनाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध