नेभिगेशन
समाज विविध

बिहान करेन्ट लागेर मृत्यु भएकी दुर्गाको बेलुका ३.४५ जिपिएसहित उत्तिर्ण भएको नतिजा आयो

उदयपुर– बेलका नगरपालिका–५ की १७ बर्षिया दुर्गा कार्कीको करेन्ट लागेर उपचारका क्रममा शुक्रबार बिहान ९ बजे मृत्यु भयो। यो मृत्युको शोकमा रहेका बाबुआमाको छाती झनै चिरिने खबर बेलुका एसईईको परिणामले दियो। 

दुर्गा ३.४५ जिपिएसहित उत्तिर्ण भइन्।

घटना शुक्रबार बिहान करिब साढे ८ बजे भएको थियो। बुबा संजिव कार्कीले सञ्चालन गरेको कुखुराको फर्ममा काम गर्ने क्रममा दुर्गालाई करेन्ट लागेको थियो। 

गम्भीर भएकी उनलाई उद्धार गरी बेलका नगर अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान नौ बजे उनको मृत्यु भएको थियो।

शोकमा रहेका परिवारलाई खुशी दिनुको साटो एसईईको नतिजाले पीडा माथि प्रताडना थपिदिएको छिमेकीहरुले बताएका छन्।

दुर्गाको मृत्यु भएको ५ दिन बितिसक्दा पनि त्यहि प्रताडना छ। राम्रो नतिजा ल्याउने र शिक्षालाई अगाडि बढाउने ठूलो सपना सजाएकी दुर्गा एउटा दुर्घटनाको शिकार बनिन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध