नेभिगेशन
समाज विविध

स्वास्थ्य मन्त्री पौडेलले भने- स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी प्रक्रिया सुरु भएको बताएका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष २ हजार ५ सय जनशक्ति थप्ने गरी उक्त प्रक्रिया सुरु भएको बताएका हुन् ।

स्वास्थ्य जनशक्ति अभाव भए पनि दशकौँसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्‍मा पेस गर्ने गरी अन्तिम चरणमा रहेको उनले बताए ।

व्यवस्थापिका संसद्‍मा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नयाँ आर्थिक वर्षमा ९५ अर्ब ८१ करोड विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध